नौलो भविष्य साना किसान कृषि सहकारीको अध्यक्षमा ओझा पुनः निर्वाचित

बनियानी। झापाको कचनकवल गाउँपालिका वडा नं. ६ मा अवस्थित नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाको १२औँ साधारण सभा तथा चौथो अधिवेशनबाट रवि चन्द्र ओझा पुनः सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका पूर्व माननीय सदस्य बसन्त कुमार बानिया, गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई र गणेश भट्टराईको विशेष उपस्थितिमा आज अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा नयाँ कार्यसमिति चयन गर्दै उपाध्यक्षमा अम्बिका ओझा तथा सदस्यहरूमा भुपाल कार्की, लक्षिमा खतिवडा, रुपा खनाल, मिना कार्की, कार्तिक लाल राजवंशी, श्रीप्रसाद खरेल र सरिता राजवंशीलाई निर्वाचित गरिएको छ।

EPIC EPIC EPIC


उक्त अवसरमा प्रमुख अतिथि राजवंशीले बचतकर्ताको माग बमोजिम रकम फिर्ता दिन सकेको र पारदर्शी कार्यशैली अपनाएका कारण यो सहकारी अन्य भन्दा उत्कृष्ट रहेको बताउनुभयो। विशिष्ट अतिथि बसन्त कुमार बानियाले संस्थाको सदस्य हुनुमा गर्व रहेको र किसान हितका कार्यले आफू सन्तुष्ट भएको उल्लेख गर्नुभयो भने उपाध्यक्ष नवराज भट्टराईले कृषि कार्यक्रमहरू ल्याउन सफल एकमात्र संस्थाका रूपमा यसको प्रशंसा गर्नुभयो।

कार्यक्रममा असल किसान ज्ञाननाथ भट्टराई, उत्कृष्ट अन्तर समूहका तर्फबाट अम्बिका ओझा र भुपाल कार्की, एवं एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संयोग सुवेदीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो। संस्थाकी उपाध्यक्ष अम्बिका ओझाको स्वागत मन्तव्य र प्रबन्धक बलराम बरालको सञ्चालनमा सम्पन्न कार्यक्रमले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च