पर्यटन पूर्वाधार विकासमार्फत कोशीलाई नमूना प्रदेश बनाउने लक्ष्य : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेश सरकारले ‘पर्यटन वर्ष २०८२’ को औपचारिक शुभारम्भ गरेको छ। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे–मिल्के क्षेत्रलाई गुराँसको राजधानी घोषणासहित पर्यटन वर्षको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका विविध सम्भावना भएका गन्तव्यहरूको प्रवर्द्धनका लागि पर्यटन वर्षलाई आधार वर्षको रूपमा अघि बढाइएको बताए। “कोशी प्रदेश पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त छ,” मुख्यमन्त्री कार्कीले भने, “स्थानीय तहहरूसँग सहकार्य गरेर पूर्वाधार निर्माण गर्दै यसलाई नमूना प्रदेश बनाउने हाम्रो लक्ष्य हो।”

EPIC EPIC EPIC EPIC EPIC

उनले सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी संयन्त्रको समन्वयबाट पर्यटनमैत्री वातावरण सिर्जना गर्दै जातजाति, धर्म, र संस्कृतिको संरक्षणमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीले पर्यटनमार्फत वैदेशिक ऋण र व्यापारघाटा घटाउन सकिने सम्भावनामा जोड दिँदै, ऊर्जा, जलविद्युत, जडीबुटी लगायतका क्षेत्रसँग पर्यटनको सहकार्य हुनुपर्ने धारणा राखे। उनले प्रदेशलाई बारम्बारका बन्द–हड्तालबाट मुक्त गर्दै संवादमार्फत समाधान खोज्ने आवश्यकता औंल्याए।

भारत र चीनबाट पर्यटक भित्र्याउनेतर्फ संघीय सरकारले विशेष पहल गर्नुपर्ने उनले बताए। “बाराह क्षेत्र, हलेँसी, माङ्सेबुङजस्ता धार्मिक महत्वका स्थलहरूमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ,” उनले भने।

मुख्यमन्त्री कार्कीले नीति, पूर्वाधार र पर्यटनसम्बन्धी कानुनी संरचनामा सबैको सरोकार समेटिनुपर्ने भन्दै यस अभियानमा सबै दलको साथ र सहकार्यको अपेक्षा व्यक्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *