पहाडका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने

देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

EPIC

पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले बताएका छन् । 

EPIC EPIC EPIC

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागकाे मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएकाे छ । 

हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ महाशाखाले जनाएकाे छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *