पाँच घण्टामा पनि नियन्त्रणमा आउन सकेन इटहरीको आगो

इटहरी : पाँच घण्टा बित्न लाग्दासमेत इटहरीमा लागेको आगो नियन्त्रणमा आएको छैन ।

इटहरीको मुख्य चौकमै आज बिहान करिब साढे ९ बजेतिरदेखि लागेको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार हालसम्म ११ जनाको उद्दार गरिएको छ ।

‘यसअघि १६ जनाको उद्दार गरिएको भनिएपनि विवरण अद्यावधिक गर्दा ११ जनाको उद्दार गरिएको हो,’ एसपी तिम्सिनाले भने, ‘हेलिकोप्टरसहित विपद् सुरक्षा समितिले ११ जनाको उद्दार गरेको छ ।’

उनका अनुसार तीन जना महिला र ८ जना पुरुषको उद्दार गरिएको हो । सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएमध्ये एक महिला घाइते भएकी थिइन् । आगलागीको धुँवामा निस्सासिएर बेहोस भएकी ती महिलाको सामान्य उपचारपछि घर फर्किएको एसपी तिम्सिनाले बताए ।

आगलागी नियन्त्रणका लागि झण्डै साढे तीन सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो । यसैगरी लक्ष्मी सनराइज बैँक, ठूला इलेक्ट्रोनिक्स पसल, मोबाइल पसललगायत सञ्चालनमा रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *