पाँच महिनामा चार खर्ब नौ अर्ब ७८ करोड राजस्व संकलन

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा मंसिर मसान्तसम्म चार खर्ब नौ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ।

अर्थ मन्त्रालयका तथ्याङ्क अनुसार मंसिरसम्मको राजस्व लक्ष्य पाँच खर्ब २० अर्ब ४४ करोड रुपैयाँ तोकिएको थियो। तर सो अवधिमा लक्ष्यको ७८.७४ प्रतिशत मात्र राजस्व उठ्न सकेको छ। लक्ष्यभन्दा करिब एक खर्ब १० अर्ब रुपैयाँ कम संकलन भएको देखिन्छ।

EPIC EPIC EPIC

मंसिर महिनामा ९५ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब २७ करोड रुपैयाँ उठेको छ, जसको प्राप्ति प्रतिशत ८४.३१ रहेको छ। मंसिर २९ गते एकै दिन तीन अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा चालु वर्षको राजस्व संकलन केही बढे पनि लक्ष्यअनुसारको गति अझै कमजोर देखिन्छ। २०८१/८२ मा मंसिर २९ गतेसम्म चार खर्ब पाँच अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। अर्थतन्त्रमा देखिएको सुस्तता, आयात वृद्धि अपेक्षाकृत कमजोर रहनु तथा कर आधार विस्तार हुन नसक्नुले चालु वर्षको राजस्व लक्ष्य हासिल गर्न चुनौती थपिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *