Search
Close this search box.
Search
Close this search box.

पाथिभरा सामुदायिक वन निर्वाचन: उम्मेदवारको नामावली सार्वजनिक, चुनाव चिह्न वितरण सकियो

कचनकवल।

पाथिभरा सामुदायिक वनको प्रतिनिधि चयनका लागि निर्वाचन समितिले २०८१ साल मंसिर ६ गते निर्वाचन हुने जानकारी दिएको छ। निर्वाचनको अन्तिम नामावली प्रकाशन भई आजै चुनाव चिन्ह वितरण गरिएको छ। समितिले जनाएअनुसार साबिक वडा नं. ९, टोल-१ बाट पुरुष तर्फ देबी लोहा, सुवेन्द थेबे, डिल्लीराम विक्रम लेम्वाङ, भिमकुमार माबो, चित्रसेन राई, र युवराज कन्दवा तथा महिला तर्फ सरस्वती भट्टराई, मनमाया कटुवाल, नैनाकला ढुंगेल, अनुसा संम्हाम्फे, मनमाया लिम्बू, र गीता देवी भट्टराईले उम्मेदवारी दिएका छन्।

EPIC EPIC EPIC

साबिक वडा नं. १ बाट पुरुष तर्फ हिरालाल दाहाल र टेक नारायण राजबंशी तथा महिला तर्फ टीका उप्रेती खरेल र गीता कुमारी राजबंशीले उम्मेदवारी दिएका छन्। साबिक वडा नं. ४ बाट पुरुष तर्फ राममहन राजबंशी र रागर मुर्मु तथा महिला तर्फ सकुन्तला खरेल निर्विरोध निर्वाचित भएकी छन्।

त्यस्तै, साबिक वडा नं. ५ बाट खुल्ला समूहमा रामचन्द्र अधिकारी र पार्वती राजबंशी, साबिक वडा नं. ६ बाट खुल्ला समूहमा श्यामराज पुरी र भीम राजबंशी, तथा साबिक वडा नं. २ बाट खुल्ला समूहमा चनलाल राजबंशी, श्यामलाल राजबंशी, र विमला काफ्ले उम्मेदवार बनेका छन्।

साबिक वडा नं. ६ बाट पुरुष तर्फ लक्ष्मण पैड्याल, गंगालाल राजबंशी, र कनकलाल राजबंशी तथा महिला तर्फ ज्ञानुमाया कटुवाल र सीता देवी राजबंशी उम्मेदवार बनेका छन्। निर्वाचन समितिले यी उम्मेदवारहरूका नाम सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया तय गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *