पालिका अध्यक्षले फुटाए जिल्ला प्रशासनको स्क्यानर, राहदानी सेवा ठप्प

आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् । बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।

EPIC EPIC EPIC

अध्यक्ष थापामगरले भने टाढाबाट आएका कालीगण्डकीका नागरिकलाई सेवा दिन गरिएको आग्रह कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए । ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ । मैले सिस्टमको विरोध गरेँ, नागरिकलाई सेवा दिन गरिएको माग सुनिएन । आवेगमा स्क्यानर फुटाएँ ।’ 

राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार बिहीबार र शुक्रबारका ४०–४० वटा टोकन वितरण भइसकेकोमा शुक्रबार राहदानीको काम नहुने बताए । 
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *