‘पालिका सन्देश’ तेस्रो बर्षमा प्रवेश

बुद्धशान्ति – ‘पालिका सन्देश डट कम’ तेस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल दोस्रो बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाईएको थियो ।

बुद्धशान्तिमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लले अनलाइनले सम्बेदनशीलतालाई बुझेर समाचारहरु प्रस्तुत गरेको बताए । “सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुअघिनै त्यसले समाजमा पार्ने प्रभावबारे बुझ्न आवश्यक हुन्छ, सो विषयमा पालिका सन्देशले उदाहरण पेश गरिरहेको छ“, उनले भने । समाचारलाई जिम्मेवार र सम्वेदनशिल ढंगले प्रस्तुत गर्न सक्ने सम्पादन टीमलाई नै बधाई दिदैँ थप प्रगतिको शुभकामना दिएका थिए । उनले बर्ष २०७९ चुनावी बर्ष भएकाले पत्रकारका लागि चुनौतीपूर्ण रहेको भन्दै सचेत रहेर कलम चलाउन आग्रह गरे ।

EPIC EPIC EPIC

बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार गंगाराम गड्तौलाले छोटो समयमा यो अनलाइन न्यूज पोर्टल स्थापित अनलाइनका रुपमा चिनिएको भन्दै शुभकामना दिएका थिए । उनले पालिका सन्देशले स्थानीय समाचारलाई प्राथमिकता दिंदै मौलिक ढंगबाट समाचार प्रेषित गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् ।

डिजिटल अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया हाउसका अध्यक्ष सुरज दंगालले बताएका छन् ।

उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र दुई बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको बताए ।

अनलाइनका प्रधान सम्पादक बिष्णुप्रसाद लामिछानेले अनलाइन पत्रिकाले स्थापना कालदेखी नै निष्पक्ष , सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन गर्दै आएको बताए । उनले अनलाइन पत्रिकाले संधै स्थानीय तहको सञ्चार सारथीको भूमिकामा कलम चलाउँदै आइरहेको बताएका छन् ।

हामीले विभिन्न स्थानीय तहका हरेक गतिविधिलाई पाठकसामु पस्किने प्रयास गरिरहेका छौं। स्वदेश तथा विदेशमा रहेका नेपालीले गरिरहेका नियमित गतिविधि, सार्वजनिक कार्यक्रम पनि समेट्दै आएका छौं। अनलाइनका सम्पादक तीर्थ तिम्सिना भन्छन्,–“ दोस्रो वर्ष पूरा भएको सन्दर्भमा उत्साहित बनेका छौं। तपाईंहरुको साथ र सहयोगबिना हामी कहिल्यै पनि पूर्ण हुन सक्दैनौ ।“

बुधबारेको तेन्जिङ नोर्गे होम स्टेको सभाहलमा आयोजित कार्यक्रमा पत्रिकाले नव वर्ष २०७९ सालको शुभकामना आदानप्रदान गर्दै भित्ते पात्रो समेत बिमोचन गरेको छ ।

कार्यक्रममा बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष आयुस निरौला, बुद्धशान्ति साप्ताहिकका सम्पादक रोसन भट्टराई, टाइम्स पब्लिकेशन झापाका प्रमुख जनार्दन खतिवडा, पत्रकार नारायण अर्याल, बिष्णु श्रेष्ठ,लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गोकुल पौडेलले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च