बुद्धशान्ति । पालिका सन्देशका प्रधान सम्पादक बिष्णुप्रसाद लामिछाने बुधबारे जेसीज २०२२ को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
हिजो (शनिवार) सम्पन्न शाखाको १०औं बार्षिक साधारणसभाबाट लामिछानेलाई २०२२ का लागि उपाध्यक्ष चयन गरिएको हो ।
त्यस्तै अध्यक्षमा मुकेश भट्टराई सर्वसम्मत चयन भएका छन् ।
कार्यकारीणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा लामिछाने सहित कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका छन् ।
२०२१ का अध्यक्ष अनिल वाग्लेको सभापतित्व, बुद्धशान्ति उद्योग बाणिज्यसंघका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्य तथा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालको बिशिस्ट आतिथ्य हिजो बुधबारे जेसीजको १०औं साधारणसभा सम्पन्न भएको थियो ।