Search
Close this search box.
Search
Close this search box.

पाल्पाबाट काठमाडौंका लागी छुटेको बसको ब्रेक फेलपछि दुर्घटना

पाल्पा । पाल्पामा रात्रि बस दुर्घटना भएको छ । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस बिहीबार बेलुकी तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका २० जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

EPIC EPIC

बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धानथालेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *