आयुष निरौला/पालिका सन्देश
बुधबारे । पाल्युल देछेन छोलिङ गोन्पा टिमाईलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने उद्देश्यले भुमिदान तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई आज(आइतबार)सम्मान गरिएको छ ।
५ वर्षको दौरानमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ टिमाईलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने उद्देश्यले देश तथा बिदेशबाट भुमिदान गर्ने २९५ जना र जिन्सी प्रदान गर्ने ३ जनालाई पाल्युल देछेन छोलिङ गोन्पा टिमाईका महापण्डित खेन्छेन छेवाङ ग्याछो रिम्पोर्छेको प्रमुख अतिथ्यमा सम्मान गरेको छ।
सोही अवसरमा दाताहरुको नामावली शिलालेखमा राखिएको आर्थिक संयोजक मेन थिङले जानकारी दिनुभयो ।
महापण्डित खेन्छेन नाम्डोल छिरिङ रिम्पोर्छे र भुमि तथा गुम्बा व्यस्थापन समिति अध्यक्ष भक्त बहादुर तामाङको सभाध्यक्षमा सम्पन्न दाता सम्मान कार्यक्रममा विशिष्ट अतिथि माननीय विश्व प्रकाश शर्मा, प्रदेश १ का पर्यटन तथा संस्कृती मन्त्री खिनु रुङ्बा लिम्बु, गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी प्रसाद खतिवडा र शिक्षासेवि गणेश निरौलाले मन्तव्य राख्नुभएको थियो ।
समाजसेवी देवि प्रसाद खतिवडा ,वडा न. ४ वडाध्यक्ष शेर बहादुर राय, वडा न. ५ का डेगेन्द्र कार्कि, प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठ, पुर्ब गापा उपाध्यक्ष मिरा भुर्तेल, स्थानिय नेता श्याम बिर लिम्बु, बुद्धिमान लिम्बु, धुलाबारी इ. प्र. कार्यलयका प्रमुख, बुधबारे इ. प्र. का प्रमुख, टिमाइ बेश क्याम्पका प्रमुख, राम घिसिङ लगायतको आतिथ्यता रहेको कार्यक्रममा आर्थिक संयोजक मेन थिङले आर्थिक प्रतिवेदन, उपाध्यक्ष देवि माया तामाङले स्वागत मन्तव्य र सचिव तिलक पाख्रीन्ले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
बि.स. २०७४ साल पौष २१ गतेदेखि निर्माण सुरु भएको उक्त गुम्पा ५ बर्षमा सम्पन्न भएको भुमि तथा गुम्बा व्यस्थापन समिति अध्यक्ष भक्त बहादुर तामाङले जानकारी गराउनु भयो ।