काठमाडौंको गौशालामा पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ ।
उनीमाथि चक्कु प्रहार गर्ने व्यक्तिका बाराका नवल सहनी रहेका खुलेको हो । सविरको खुट्टामा गहिरो चोट देखिएको छ ।
आक्रमण गर्ने नवल फरार रहेका र उनको खोजी भइरहेको छ ।



















