‘पुरानाले गरेनन्, हामी गर्छौँ’ भनेकाे सुन्दा हाँसो लाग्छ : राजेश हमाल

विराटनगर । महानायक राजेश हमालले जननिर्वाचित सरकारको ठाउँमा चुनावी सरकार हुनु विडम्बना भएको बताएका छन् । झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै हमालले लोकतन्त्रमा जननिर्वाचित सरकार नै हुनुपर्ने बताए । उनले केही समयपछि हुने चुनावले जननिर्वाचित सरकार बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो ।’ उनले अहिले देश कस्तो बनाउने र अहिलेका समस्या कसरी समाधान गर्ने भनेर सोचविचार गरेर जनप्रतिनिधि छान्नुपर्ने बताए । उनले अगाडि भने, ‘अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो । तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?’

EPIC EPIC EPIC

उनले यसअघि सरकारको नेतृत्वमा पुगेकाहरू पनि सिस्टम बाटै आएको भन्दै प्रणाली सुधार्न जनसमुदायको प्रमुख हात रहेको बताए । उनले भने, ‘प्रणाली कस्तो छ भन्ने होइन, प्रणालीमा कसरी काम गर्ने भन्ने कुरा मुख्य हो ।’सरकारलाई राम्रो बनाउन पनि जनसमुदायको भूमिका रहने उनले उल्लेख गरे ।

‘अहिले नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ । पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ’ हमालले भने ।

उनले देशमा धेरै खाले समस्या रहेको भन्दै ती समस्या एकैचोटि समाधान गर्छु भनेर नभई सिँढी चढेजस्तै एक–एक गरी समाधान खोज्नुपर्ने बताए ।

उनले भने, ‘५ वर्षमा वा १० वर्षमा समाधान गर्छु भन्दै कोही आयो भने सोध्नुहोस्— कसरी ?’ अभिनेता हमालले कुनै पनि कामका लागि योजना चाहिने बताए । योजनाबिना कुनै पनि सफलता हासिल नहुने भन्दै उनले ‘देश बनाउँछु र समस्या समाधान गर्छु’ भन्नेहरूसँग योजना (प्लान) माग्न आग्रह गरे । अर्काले गरेनन् भनेर मात्र देश नबन्ने उनको तर्क थियो ।

अभिनेता हमालले देश बनाउन सबै जनसमुदायले समस्या छ भनेर चुप लागेर बस्न नहुने कुरामा जोड दिए । (साभार : नेपाल प्रेस)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *