पुरुष वर्चस्व तोड्दै निलम कार्की मेची क्याम्पसको पहिलो महिला स्ववियु सभापति!

भद्रपुर – मेची बहुमुखी क्याम्पस, भद्रपुरको २१औं स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघकी उम्मेदवार निलम कार्की विजयी भएकी छन्। उनी यस क्याम्पसको इतिहासमा पहिलो महिला स्ववियु सभापति बन्न सफल भएकी छन्।

मेची बहुमुखी क्याम्पसको पहिलो स्ववियु सभापति २०२२ सालमा अनेरास्ववियुका उम्मेदवार जगतबहादुर श्रेष्ठ निर्वाचित भएका थिए। त्यसपछि विभिन्न समयक्रममा अनेरास्ववियु र नेपाल विद्यार्थी संघका नेताहरू सभापति चुनिँदै आए।

EPIC EPIC EPIC EPIC EPIC

स्ववियु सभापतिहरूको इतिहास हेर्दा, २०२३ मा हरि भेटुवाल (अनेरास्ववियु), २०२४ मा राजेन्द्र थापा (अनेरास्ववियु), २०२५ मा राधाकृष्ण मैनाली (अनेरास्ववियु), २०२६ मा वासुदेव शर्मा (अनेरास्ववियु), २०२७ मा चन्द्रप्रकाश मैनाली (अनेरास्ववियु), २०२८ मा इन्द्र के.सी. (अनेरास्ववियु) निर्वाचित भएका थिए। सोही वर्ष उपसभापति तुलसी उप्रेती कार्यवाहक सभापति बनेका थिए।

२०२८ देखि २०३६ सालसम्म तत्कालीन राजनीतिक व्यवस्थाले विद्यार्थी संगठनहरूमा प्रतिबन्ध लगाएपछि स्ववियु निर्वाचन रोकिएको थियो।

पुनः निर्वाचन खुला भएपछि, २०३६-३७ मा पुष्पराज पोखरेल (अनेरास्ववियु), २०३८-३९ मा चन्द्र भण्डारी (अनेरास्ववियु), २०४३ मा मेघप्रसाद रेग्मी (अनेरास्ववियु), २०४५ मा परासर नेपाल (अनेरास्ववियु), २०४९ मा मोहन महर्जन (नेपाल विद्यार्थी संघ), २०५१ मा अर्जुन पाण्डे (अनेरास्ववियु), २०५३ मा मदन शिवाकोटी (अनेरास्ववियु), २०५५-५७ मा गणेश पोखरेल (नेपाल विद्यार्थी संघ), २०६० मा बसन्त बानियाँ (अनेरास्ववियु), २०६२ मा असारु राजवंसी (अनेरास्ववियु), २०७३ मा भुवन बुढाथोकी (नेपाल विद्यार्थी संघ) र २०७९ मा सन्देश धमला (अनेरास्ववियु) निर्वाचित भएका थिए।

नव-निर्वाचित सभापति निलम कार्कीले आफ्नो कार्यकालमा विद्यार्थी हकहितका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *