पुस १६ देखि कक्षा १२ को पुनः परीक्षा हुने, तालिकासहित

काठमाडौं। पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने जनाएको हो।

EPIC EPIC EPIC

कोरोना संक्रमणका कारण गत मंसिर ९ गतेदेखि भएको परीक्षा दिन नपाएका परीक्षार्थीले अब १६ गतेबाट परीक्षा दिन पाउने भएका हुन्। बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ।

बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको थियो। संक्रमणको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले बोर्ड समक्ष निवेदन दिएका थिए।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गर्दै सम्बन्धित विद्यालयमै सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका प्रकाशन गरिएको हो।

पुस १६ गतेबाट सुरू हुुने परीक्षा पुष २३ गते सकिनेछ। कक्षा १२ को वार्षिक परीक्षा गत वैशाखमा नै हुने कार्यतालिका थियो। तर, कोरोना महामारीका कारण मंसिरमा भएको थियो।

बोर्डले यो वर्ष आफूले अध्ययन गरेकै विद्यालय वा आफ्नो नजिकको पायक पर्ने विद्याललयमा नै परीक्षा दिने व्यवस्था मिलाएको थियो।

कोरोना संक्रमणबाट मुक्त भएर परीक्षा दिने विद्यार्थीले पीसीआर रिपोर्ट सम्बन्धित विद्यालयमार्फत बोर्डमा पठाउनुपर्ने व्यवस्था गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *