पूर्वीनाकाबाट बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा

झापा । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ। आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ। नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ। 

नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो। त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ।

EPIC EPIC EPIC

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन। चालु आवको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ। 

सोही अवधिमा बङ्गलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ। बङ्गलादेशसँग आव २०७९/८० मा पाँच अर्ब १८ करोड नौ लाख १३ हजार, आव २०७८/७९ मा १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७/७८ मा छ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६/७७ मा चार अर्ब २४ लाख आठ हजार, आव २०७५/७६ मा दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४/७५ मा ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ।

यसैगरी, आव २०७३/७४ मा दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१/७२ मा एक अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ। त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *