पेट्रोल प्रतिलिटर १ रुपैयाँ घट्यो, डिजेल–मट्टीतेल २ रुपैयाँ बढ्यो

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

EPIC EPIC EPIC EPIC EPIC

चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *