कचनकवल। राजगढ एफ.सी झापाको कचनकवलमा जारी प्रथम बगान गोल्डकप-२०७९ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहिबार(आज) भएको अन्तिम सेमिफाइनल खेलमा हिमाली युनाइटेडलाई ० का विरुद्ध ४ गोल अन्तरले हराउँदै राजगढ एफ.सीले फाइनलको यात्रा तय गरेको हो।
राजगढलाई जिताउँन आयुष श्रेष्ठ एक्लैले ह्याटि्रक गरेका थिए। त्यस्तै पवन राईले श्रेष्ठको साथ दिंदै खेलको ३०औं मिनेटमा १ गोल गरेका थिए।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका श्रेष्ठ नै म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिता अन्तर्गत असोज १५ गते हुने फाइनल खेलमा आजको विजेता राजगढ एफ.सी र हिमाली युनाइटेड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
झापा जिल्ला अन्तर्गतका ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद रू३० हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यस्तै उपविजेताले नगद रू२० हजार सहित
मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।