Search
Close this search box.
Search
Close this search box.

प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु

बुद्धशान्ति। बुद्धशान्ति गाउँपालिका वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ।
प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाको प्रायोजन, गाउँपालिका खेलकुद विकास समितिको समन्वय र वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा भएको हो।

प्रतियोगिताको समुद्घाटन गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले क्रमशः ब्याटिङ र बलिङ गरी गरेका थिए। उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष प्रसाईंको प्रमुख आतिथ्य र उपाध्यक्ष खतिवडाको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रमका अध्यक्षता वडा नं. ३ खेलकुद विकास समितिका संयोजक विनोद नेम्वाङले गरेका थिए भने शुभकामना मन्तव्य गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका शाखा प्रमुखहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, खेलप्रेमीहरू र अन्य अतिथिहरूको उपस्थिति थियो। उद्घाटन सत्रको सञ्चालन खेल सहजकर्ता गोकुल पौडेलले गरेका थिए।

EPIC EPIC EPIC

पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. २ लाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो। वडा नं. २ ले पहिले ब्याटिङ गर्दै १० ओभरमा ८ विकेट गुमाएर ३९ रन मात्र बनाउन सक्यो। ४० रनको लक्ष्य वडा नं. १ ले ४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। मन्दिप खरेल म्यान अफ द म्याच घोषित भए। दोश्रो खेलमा आयोजक वडा नं. ३ ले वडा नं. ४ लाई ३७ रनले हरायो। वडा नं. ३ ले पहिले ब्याटिङ गर्दै १० ओभरमा २ विकेट गुमाएर १०२ रन बनायो। १०३ रनको लक्ष्य पछ्याउन पुगेको वडा नं. ४ ले १० ओभरमा ६४ रन मात्र बनाउन सक्यो। लक्ष्मण शाह म्यान अफ द म्याच घोषित भए। तेस्रो खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। वडा नं. ६ ले पहिले ब्याटिङ गर्दै १० ओभरमा ७ विकेट गुमाएर ८० रन बनायो। वडा नं. ५ ले ९.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मन्जिल पौडेल म्यान अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वडा नं. १ र वडा नं. ५ बीच हुनेछ भने गोलाप्रथाबाट बाई पाएको वडा नं. ७ ले दोस्रो सेमिफाइनलमा वडा नं. ३ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद रु. २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताले खेलाडी पहिचान, खेलकुदको विकास र स्थानीय प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *