प्रदेश मन्त्रीकै घरमा आगजनीपछि कार्यकर्ताले निकाले जुलुस

बिर्तामोड – जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि आक्रोशित बनेका बिर्तामोड–८ गरामनी निवासी कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आफ्ना समर्थकलाई सडकमा उतारेका छन्।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका मन्त्री कार्कीले आफ्नो प्रभाव क्षेत्र मानिने गरामनीमा शक्ति प्रदर्शन गरेका हुन्। केन्द्रीय सरकारविरुद्ध प्रदेश मन्त्री स्वयं सडकमा उत्रनु यो पहिलो घटना मानिएको छ।

EPIC EPIC EPIC

जेनजी आन्दोलनप्रति असन्तुष्ट एमाले नेता–कार्यकर्ताले शनिबार गरामनीमा विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकै क्रममा २०२८ सालको झापा विद्रोहका शहीदहरूको शालिक तोडफोड गरिएको घटनाले स्थानीय स्तरमा तनाव चुलिएको छ। त्यसै क्रममा बिर्तामोड नगरपालिका–८ र ९ को संयुक्त वडा कार्यालयमा समेत तोडफोड र आगजनी भएको थियो।

सोही दिन गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको भवनमा पनि आगजनी भएको थियो। मन्त्री कार्की उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रहेका थिए। उनले विद्यालयको चौर मासेर निर्माण गरिएको भवन भाडामा दिएका थिए, जसका कारण उनी केही स्थानीयसँग विवादमा थिए।

आन्दोलनकै क्रममा मन्त्री कार्कीको निजी घरमासमेत तोडफोड भएको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *