प्रदेश १ मा हाइ-प्रोफाइल नेतादेखी कलाकारसम्म(नामवली सहित)

पालिका सन्देश/ प्रदेश १ का केहि स्थानमा बाहेक अधिकांश स्थानमा दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्।
काङ्ग्रेसका बिश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला,बिजयकुमार गच्छदार,रामहरि खतिवडा एमालेका केपीशर्मा ओलि,सुबास नेम्बाङ,महेश बस्नेत, लालबाबु पण्डित,योगेश भट्टराई,अग्नि खरेल एकीकृत समाजवादीका झलनाथ खनाल, माओवादी केन्द्रका धर्मशिला चापागाईं, सुदन किराँती त्यस्तै राप्रपाका राजेन्द्र लिङ्देन लगायतका हाई प्रोफाईल नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रदै छन्।
कलाकार रेखा थापा पनि आसन्न निर्वाचनमा उम्मेदवारी यसै प्रदेशबाट दिदै छिन्।

ताप्लेजुङमा एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

EPIC EPIC EPIC

इलामको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार बन्दा उनीसँग एमाले नेता महेश बस्नेतले प्रतिस्पर्धा गर्ने पक्का भएको छ भने इलाम क्षेत्र नम्बर २ मा एमालेबाट सुवासचन्द्र नेम्वाङको फाइनल भइसक्दा गठबन्धन दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन ।

यस्तै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेल, झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट धर्मशीला चापागाईं, झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ कांग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ ।
झापा ५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुने निश्चित रहँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागेको छैन ।

पाँचथरमा कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट काङ्ग्रेसका सीता गुरुङ उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन्धनबाट एमालेका विजय सुब्बा उम्मेदवार बन्ने भएका छन् ।

यस्तै धनकुटामा कांग्रेसका सुनिल थापासँग एमालेका राजेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् ।
संखुवासभामा कांग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाउँदा एमालेले राजेन्द्र गौतमलाई टिकट दिने निर्णय गरेको छ ।

मोरङको निर्वाचन क्षेत्र १ मा कांग्रेसबाट डिकबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ।

मोरङ क्षेत्र नम्बर २ मा भने एमालेबाट ऋषिकेश पोखरेलको नाम फाइनल हुँदा कांग्रेसबाट सुजाता कोइराला र डाक्टर मिनेन्द्र रिजालमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ ।

यस्तै मोरङ–३ मा कांग्रेसबाट एकल प्रस्ताव भएका डा. सुनिल शर्माको टिकट आउन बाँकी छँदा एमालेले भने भानुभक्त ढकालको टिकट सुनिश्चित गरिसकेको छ ।
मोरङ–४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग एमाले नेता विनोद ढकालले प्रतिस्पर्धा गर्ने भएका छन् । सो क्षेत्रमा राप्रपाले रेखा थापालाई उम्मेदवार बनाउने भएको छ ।

मोरङ–५ मा भने माओवादी नेता शिवकुमार मण्डल र जसपाका नेता राजकुमार यादवबीच प्रतिस्पर्धा हुने पक्का हुँदा मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

यता सुनसरीको १ नम्बर क्षेत्रमा जसपाबाट अशोककुमार राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्वाङ्बोबीच प्रतिस्पर्धा हुने भएको छ ।

सुनसरीको २ नम्बर क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याएको छैन भने एमालेले भीम आचार्यलाई टिकट दिएको छ ।
सुनसरीको ३ नम्बर क्षेत्रमा कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउँदा एमालेले भगवती चौधरीलाई टिकट दिएको छ ।
सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की र एमालेका जगदिश प्रसाद कुसियैतबिच प्रतिस्पर्धा हुने भएको छ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खड्का र एमालेकी मेज चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ भने उदयपुर–२ मा नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै भोजपुरमा भने एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले टिकट पाउँदा माओवादीका नेता सुदन किराँतीले टिकट पाउने भएका छन्।

ओखलढुंगामा कांग्रेसले रामहरि खतिवडा र एमालेले यज्ञराज सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यता, खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने देखिएको छ । मानवीर राईलाई एमालेले सोलुखुम्बुबाट उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबीच भागबण्डा नमिलेको कारण अहिलेसम्म गठबन्धनको उम्मेदवार फाइनल भएको छैन ।

माओवादी केन्द्रले पाएको खण्डमा सो क्षेत्रमा हेमकुमार राई (सुरवीर)ले टिकट पाउनेछन् भने कांग्रेसले पाएको खण्डमा बलबहादुर केसी उम्मेदवार हुने निश्चित जस्तै रहेको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च