प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी कन्याममा सम्पन्न, एपी तोलाङ प्रथम

कन्याम, ३ जेठ – इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो पत्रकार एपी तोलाङ प्रथम भएका छन्।

उनको ‘तिङबुङ पोखरी’ शीर्षकको फोटोले प्रथम स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो। प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं भएका छन्। उनीहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे।

EPIC EPIC EPIC EPIC EPIC

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटोपत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले पुरस्कार वितरण गर्नुभयो।

प्रतियोगितामा प्राप्त २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू प्रदर्शनीमा राखिएको थियो। कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनोद पाण्डेका अनुसार चार सदस्यीय व्यवस्थापन समिति गठन गरिएको थियो, जसमा पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल सदस्य सचिव, पत्रकार सन्तोष र्पूकोटी र दीपक बोहोरा सदस्य थिए।

निर्णायक समितिको संयोजकत्व गिरीराज बास्कोटाले गर्नुभएको थियो भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहनुभएको थियो। उद्घाटन कार्यक्रम कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सांसद समशेर राई, सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई, होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी गौतमलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालक पत्रकार सन्तोष र्पूकोटी थिए। आयोजकका अनुसार प्रदर्शनी अवलोकन गर्न ४ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *