प्रधानमन्त्री ओली आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै, सत्तापक्ष-प्रतिपक्षबीच मतभेद

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बैठक बोलाइएको छ, तर प्रधानमन्त्रीको सचिवालयले सम्बोधन दिउँसो साढे २ बजेबाट हुने जनाएको छ।

यसअघि, प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ। दीक्षान्त समारोहपछि मात्रै प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरिएको छ।

EPIC EPIC EPIC

प्रदेशसभा बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्। तर, प्रतिपक्षी दलहरूले सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुनुअघि सम्बोधनको विषयबारे अग्रिम जानकारी आवश्यक पर्ने सर्त राखेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरी सहकार्य गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको कार्यतालिका

प्रधानमन्त्री ओली आज बिहान १०:३० बजे हेलिकप्टरमार्फत मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन्। उनले ११:३० बजे गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन तथा त्यसपछि पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सको शैक्षिक भवनको उद्घाटन गर्नेछन्।

दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४०औं विशेष सभा तथा १३औं दीक्षान्त समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली कोशी प्रदेशसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि उनी साढे ४ बजे हेलिकप्टरमार्फत काठमाडौं फर्कने कार्यतालिका छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *