काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगन भएको छ । मंसिर ५ गते ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको सचिवालयले जानकारी दिएको हो ।
जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका ६ को लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उदघाटनमा प्रधानमन्त्री जान लागेका थिए ।
घुन्सा गाउँमा प्रधानमन्त्री ओली जाने खबरले खुसीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ, कार्यक्रमस्थल सजावटका काम भने भैसकेका थिए । कार्यक्रम स्थगित भएपछि स्थानीय निरास भएका छन् ।