प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

काठमाडौं। प्रधामनन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ एक घण्टा छलफल भएको छ।

उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए। 

EPIC EPIC EPIC EPIC EPIC

‘उहाँहरूबीच एक घण्टा छलफल भयो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘क्याबिनेट बैठक अघि भेटघाट भएकोले केही विषयमा समझदारी जुटेको हुनुपर्छ।’

बालुवाटार र देउवा निकट स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी पनि जुटेको छ। जसलाई अहिले केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *