काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताका खेलहरु लुम्बिनी प्रदेश ३ मैदानमा हुनेछ ।
खेलहरु दाङको लमही क्रिकेट मैदान, रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल काठमाडौआहिर हुन लागेको हो ।
गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रुपन्देहीमा भएका थिए। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म चल्नेछ ।
