प्रश्नपत्र फरक परेको विषयमा त्रिविले छानबिन गर्ने

काठमाडौँ । प्रश्नपत्र फरक परेको विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले छानबिन गर्ने भएको छ । सोमबार सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत चार वर्षे बिए तेस्रो वर्षको परीक्षामा प्रश्नपत्र फरक परेको थियो ।

पनिकाले उक्त विषयमा छानबिन गर्दै यथार्थ विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक विज्ञप्ति जारी गर्दै यो विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने बताएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

ऐच्छिक विषय इतिहास अन्तर्गत ‘इन्ट्रोडक्सन टु टुरिज्म डेभलपमेन्ट’ विषयको परीक्षा सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण २०८० असार २८ गते सम्पन्न भइसकेको ‘हिस्ट्री अफ मोडर्न इण्डिया’ विषयको प्रश्नपत्र समावेश भएको जनाएको छ ।

उक्त घटनापछि विभिन्न विद्यार्थी संगठनहरूले प्रश्नपत्र बनाउनेमाथि कारवाहीको माग राख्दै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *