काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनकै घरमा घेरेर बाहिर निस्कन नदिने रणनीति बनाएको छ । प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ । प्रसाईंको घरलाई वरपरबाट घेरेर उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ । प्रहरीले आज बिहान प्रसाईंका केही समर्थकलाई पक्राउसमेत गरेको बताइएको छ ।
हिजो पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आएपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । प्रशासनले भने उनलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ छुट्याइएको बताउँदै अन्य ठाउँमा भेला हुन नदिने बताएको छ ।



















