प्रहरीमाथि दुर्व्यवहारको आरोपमा आशिका तामाङलाई पाँच दिन हिरासतमा राखिने

काठमाडौँ- अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीले पाँच दिन म्याद पाएकाे छ।

EPIC

आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको थियाे।

EPIC EPIC EPIC

उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले  पाँच दिन म्याद दिएकाे हाे।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएकाे छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *