प्राधिकरणको लापरवाहीले पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको चरम लापरवाहीले गर्दा विद्युत मजदुरको ज्यान गएको छ। विद्युतको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार धुलिखेल नगरपालिका वडा नं. ७ सञ्जीवनी चोक नजिक ११ के भी करेन्ट रहेको विद्युतपोलमा चढेर काम गर्ने क्रममा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका वडा नं. १२ का २८ बर्षीय उपेश परियारको केन्ट लागेर मृत्यु भएको छ। 

EPIC EPIC EPIC

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।

शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।मृतक उपेशको  शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ ।घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च