प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

काठमाडौं । पोखराको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार काठमाडौंबाट पोखरा उडेको उडान नम्बर ६५५ कल साइन ९ एन एएमडीमा प्राविधिक समस्या देखिएपछि फर्किएको हो।

काठमाडौंमा विमान सुरक्षित अवतरण भएको छ। उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुध्द एयरले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार पनि पोखरा उडेको जहाजमा लोड समस्या हुँदा अवतरण गर्न समस्या भएको थियो। उडान नम्बर ६११ को जहाजमा लोड नमिल्दा पोखरा विमानस्थलमा अवतरणको क्रममा धेरै समस्या भोगेको यात्रुको भनाइ छ। 

जहाजमा सामान लोड गर्नेहरूले ब्यालेन्स नमिलाउँदा समस्या उत्पन्न भएको जनाइएको छ। यद्यपि यस विषयमा बुद्ध एयरले कुनै धारणा सार्वजनिक गरेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *