प्राविधिक समस्याका कारण झ्याप्प–झ्याप्प बिजुली गएकाे हाे : कार्यकारी निर्देशक शाक्य

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।

EPIC EPIC EPIC

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको दाबी गर्नुभएको छ । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुली नियमित आपूर्तिमा समस्या आएको र समस्याको समाधान गर्दै आएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । बत्ती जानुमा अहिले अरू केही कारण नभएको उहाँको दाबी छ । प्राविधिक समस्याले बिजुली आपूर्तिमा गडबडी हुँदा लोडशेडिङ नै भयो भनेर हल्ला नफैलाउन उहाँको आग्रह छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च