प्रिन्टिङ मेसिन बिग्रँदा अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइ बन्द

काठमाडौँ, वैशाख २८ — प्रिन्टिङ मेसिनमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ कार्य स्थगित गरेको छ।

विभागले विगतमा अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली, शान्ति मिसनअन्तर्गत विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका कर्मचारीहरू, साथै गैरआवासीय नेपाली नागरिकहरूलाई अत्यावश्यकका रूपमा सवारी चालक अनुमतिपत्र प्रदान गर्दै आएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

विभागका अनुसार वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा समस्या देखिएपछि छपाइ कार्य रोकिएको हो। समस्या समाधानका लागि प्राविधिक टोली खटिएको विभागले जनाएको छ।

“समस्या समाधानका लागि कार्य भइरहेकाे छ। अर्को सूचना प्रकाशित नभएसम्मका लागि छपाइ कार्य स्थगित गरिएको छ,” विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *