प्रेम विवाहको विषयमा नवलपरासीमा झडप: एकजनाको मृत्यु, प्रहरी गाडीमा आगजनी

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) : प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवलको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

EPIC EPIC EPIC

झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छभने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताए।

मङ्गलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो। झडपमा १९ जना घाइते भएका थिए। झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। 

केटाकेटीको प्रेम सम्बन्धलाई लिएर शुरु भएको विवादले झडपको रुप लिएको थियो। केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो।

पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो तर केही दिनपछि उनीहरू फेरि भागेपछि दुई परिवारका बिचमा मनमुटाव  भएको हो।

सोमबार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए। सोही विषयमा  झडप भएको हो। केटापक्षका सयौँ मानिस मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो।

पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ। केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *