कास्कीको फेवातालमा डुंगा पल्टिँदा बेहोस भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार अपराह्न सवा ४ बजे छालले डुंगा अनियन्त्रित भएर पल्टिँदा बेहोस भएकी पोखरा-१ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
डुंगा पल्टिएपछि बेहोस अवस्थामा उद्दार गरिएकी उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । डुंगा डुब्दा ६ जना तालमा खसेका थिए । बाँकी ५ जना सकुशल छन् ।