काठमाडौं। ओलाङचुङगोलाका गलैँचा घरमै थन्किएका छन्। कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण बजार नपाउँदा गलैँचा घरमै थन्किएका हुन्।
यांकी शेर्पाले बुनेका ३६ गलैँचा एक वर्षयता बेच्न नपाएको बताएका छन्। कोभिडका कारणले चीनतर्फ निर्यात गर्न नपाउँदा ओलाङचुङगोलामा २५० गलैँचा थन्किएको बताइएको छ। ओलाङचोङगोलामा उत्पादित गलैँचाको मुख्य बजार चिब्बत हो।



















