पालिका संदेश (इलाम) । पर्यटकिय क्षेत्र कन्याममा ८ बर्षदेखी घोडा चलाईरहेका बुद्ध तामाङ बन्दका कारण खुशी छन्।
नेत्रबिक्रम चन्द “बिप्लव”समूहले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोध गर्दै आयोजना गरेको बन्दले अन्य घोडा धनिहरु नआएपछि उनी खुशी भएका हुन्।”कहिलेकाहीँ त ३०० रुपैयाँ लिएर घर फिर्नुपर्छ,३९ वटा घोडामा पालो पाउन नै मुस्किल छ, आज बन्दमा अरु घोडा आएनन् मेरो मालामाल छ”,उनले भने।

हड्ताल नहुदा औसत ७-८०० रुपैयाँ लिएर फर्किने गरेको बताउने तामाङले मंगलबार मध्याह्न सम्ममा ८०० रुपैयाँ कमाईसकेको बताए। सुर्योदय नगरपालिका -८का तामाङ आफ्नो ५ जनाको जहान पाल्न दैनिक पर्यटकहरुलाई घोडा सवार गराउदै आएका छन्।
नगरपालिकाले पर्यटकिय क्षेत्रको रुपमा कन्यामलाई बिकास गरेसगै पर्यटकको पनि घुइँचो लाग्ने गर्छ।खाजा नास्ता बनाउने देखि विभिन्न जातजातिका पोषाक भाडामा लगाउनेहरु बन्दका कारण व्यापार गर्न नआउँदा कन्याम सुनसान भएपनी घोडा सवार गराउने बुद्ध तामाङ भने दङ्ग छन्।