बाँकेमा विस्फोट, द्वन्द्वकालीन माइन हुनसक्ने आँकलन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।

उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ। विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो ।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन ।’

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ ।

विस्फोटबाट मानवीय क्षति भएको छैन। तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए। पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *