बाटो नै नबनाई भुक्तानी दिएपछि गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नं ३ को मेलादेखि बासलधारासम्मको बाटो निर्माणको योजनामा नभएको कामको गलत प्राविधिक मूल्यांकन तयार गरेर भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालीन अध्यक्ष चौलागाईं, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब इन्जिनियर अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै वडा नं ३ का तत्कालीद्द वडाध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा कामै नगरी गलत प्राविधिक मूल्यांकनका आधारमा नापी किताब तयार गरी काम सम्पन्न भएको देखाएर १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको देखिएको अख्तियारको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *