बाढीले दुई सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, रसुवागढी, चिलिमे र त्रिशुली ३‘ए’ प्रभावित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताएका छन्।

मंगलबार आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै शाक्यले बाढीका कारण करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

बाढीले १११ मेगावाट क्षमताको रसुवागढी, २२ मेगावाटको चिलिमे, र ६० मेगावाट क्षमताको त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजना प्रभावित भएका छन्।

उनले डेडिकेटेड तथा ट्रंक लाइन विद्युत् महसुलसम्बन्धी विवाद चाँडै समाधान हुने समेत बताएका छन्। उनका अनुसार सञ्चालक समितिबाट पुनरावलोकनको म्याद, धरौटी रकममा संशोधन र पुनरावलोकन समितिको अध्यक्ष नियुक्तिको नीतिगत निर्णय भइसकेको छ।

हालसम्म ४६ वटा पुनरावलोकनका निवेदन प्राप्त भइसकेका छन् र ती निवेदनहरूको अध्ययन तथा मूल्यांकन कार्य पुनरावलोकन समितिबाट जारी रहेको शाक्यले जानकारी दिए।

“निर्धारित समयसीमाभित्रै यो मुद्दा समाधान हुने अपेक्षा गरिएको छ,” उनले भने।

त्यस्तै, उनले पेमेन्ट गेटवे निर्माण कार्य परीक्षणको अन्तिम चरणमा पुगेको बताए। यस गेटवेको माध्यमबाट देशभर रहेका ठूला कर्पोरेट ग्राहकहरूले आफ्ना सबै इकाइहरूको महसुल एकीकृत रूपमा एकै स्थानबाट भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध हुने उनले जानकारी गराए।

शाक्यका अनुसार काठमाडौं उपत्यकाभित्र गुणस्तरीय तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न उपत्यकाका १७ वटा स्विचिङ र सवस्टेशनमा जडान भएका फिडरहरू ‘डिस्ट्रीब्युसन कन्ट्रोल सेन्टर’ (DCC) मार्फत २४ सै घण्टा अनुगमन गर्न थालिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *