मेचीनगर। झापामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दालाई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार दिउँसो घरमा गएर युवकले बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोप छ । बलात्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।