काठमाडौं । विगतमा एकले अर्कोको कटू आलोचना गर्दै आएका काठमाडौं महानगरपालिकाका बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच मिलन भएको छ ।
हर्क साम्पाङ राजधानी काठमाडौं आएको मौका छोपेर उनीहरुले पहिलो भेटघाट गर्नुका साथै दुःखसुःख साटासाट गरे र फोटो खिचाए ।
साम्पाङ आफ्नो पालिकाको काम लिएर सोमबार काठमाडौं आएका हुन् । पछिल्लो समयमा उनीहरुले सामाजिक सञ्जालमा एकले अर्कोको बचाउ गर्ने गरेका छन् ।