बाह्रदशी गाउँपालिका मकै खेतीबाट आत्मर्निभर

झापा । मकै खेतीबाट आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण झापाको बाह्रदशी गाउँपालिकाले देखाएको छ ।उत्पादन बढ्न थालेपछि अन्य बाली मासेर मकै खेती गर्न हौसिएका यहाँका किसानका लागि गाउँपालिकाले प्राविधिकसहितको अनुदान उपलब्ध गराएको छ ।मकै खेतीका लागि नमूनाको रुपमा रहेको झापाको बाह्रदशी गाउँपालिकामा यो बर्ष पनि मकै उत्पादन बढ्ने देखिएको छ ।

यहाँका अधिकांश कृषकले उन्नत जातको मकै खेती गर्दै आएका छन् ।कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउने योजना अगाडि सारेको यो गाउँपालिकाले मल, बीऊदेखि कृषि यन्त्र नै सहयोग गरेपछि यहाँका अधिकांश कृषक व्यावसायिक मकै खेतीतर्फ आर्कषित भएका हुन् ।गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि मात्र १ करोड १५ लाख रुपैयाँ र सशर्त अनुदानको ६३ लाख १५ हजार रुपैयाँ यस कार्यक्रममा खर्च गरेको छ ।सञ्चालित कार्यक्रममध्ये केही समूहगत छन् भने केही व्यक्ति लक्षित कार्यक्रम छन् ।

EPIC EPIC EPIC

जसमा अधिकांश कार्यक्रम सतप्रतिशत अनुदानका रहेका छन् । गाउँपालिकाले कृषकका लागि तरकारीको बीऊदेखि कृषि औजारसम्म कृषकलाई बितरण गरेपछि यहाँका कृषक व्यावसायिक मकैखेतीमा लागेको गाउँपालिकाकी कृषि शाखा प्रमुख आर्जु खड्काले बताउनुभयो ।व्यावसायिक मकै खेती गर्दे आएका बाह्रदशी गाउँपालिकाका बलराम राजवंशीले चार विगाह क्षेत्रफलमा मकै खेती गरेका छन् । तरकारी खेती गर्दै आएका उनी पछिल्लो समय मकैखेतीमा आकर्षित भएका हुन् ।मकैको उत्पादकत्व बढाउन बाह्रदशी गाउँपालिकाले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक अहिले उत्साहित देखिएका छन् ।

सीमित श्रोत र साधनका वावाजुत पनि यहाँका कृषक पछिल्लो समय व्यावसायिक खेतीमा आर्कषित भइरहदा विदेशबाट फर्किएका अधिकाशं युवासमेत व्यावसायिक कृषि पेशामा लागेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो ।झापामा धानपछि सबैभन्दा बढी क्षेत्रफल मकै खेतीले ओगटेको छ । जिल्लाको कुल खेतीयोग्य जमिनको ९८ हजार हेक्टर क्षेत्रफल मध्ये ३१ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । मकै उत्पादनका दृष्टिकोणले नमूनाको रुपमा रहेको यस गाउँपालिकाले कृषकलाई प्राविधिक ज्ञान प्रदान गर्दै वजारको समेत सुनिश्चितता गर्न सके यहाँका कृषकहरु अझ लाभान्वित हुने थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *