बिद्यार्थीलाई व्यापार सिकाउँदै महानन्द शिक्षा सदन

बुधबारे । महानन्द शिक्षा सदन बुद्धशान्ति ३ झापाले विभिन्न कार्यक्रमहरु आयोजना गरी तेस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । कार्यक्रममा चिया दोकान , मःम, समोसा, चटपटे, पानीपुरी, किराना पसल, कपडा पसल, स्टेशनरी पसल, बगानको ताजा चिया, सागसब्जी लगायत विभिन्न किसिमका १२ वटा पसलहरुमा महानन्द बाल क्लबले आफ्नै ब्राण्ड लगाएर विक्री वितरण गरेका थिए ।

EPIC

सबै पसलमा जम्मा ४२,०४० रुपैयाँ लगानी गरि रु११,७८० रुपैँया नाफा भएको सहभागी विद्यार्थी रोहन दाहालले बताउनु भयो । चटपटे, पानिपुरी जस्ता थोरै लगानी गरि धेरै आम्दानी हुने व्यावसायमा किन्ने र बेच्नेलाई भ्याई नभ्याई भएको थियो । जसमा चटपटेमा रु ३९० लगानी गर्दा रु २,२६० रुपैँया नाफा कमाउन सफल भएका थिए ।

EPIC EPIC EPIC

कक्षा ८ का विद्यार्थी हरु भने किराना पसलमा १०,०८० रुपैँया लगानी गर्दा ५७०रुपैँया नाफा कमाएका थिए कक्षा ८ का विद्यार्थी स्वर्णिम सहितको समुहले । त्यसैगरी कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरुले केही नृत्य र गायन पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रम अवलोकन गर्न वडा न १ का वडाअध्यक्ष अनिल वाग्ले, ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, वडा सदस्य तथा विद्यालय ब्यावस्थापन समिति सदस्य दिपक सापकोटा , प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगा निरौला, प्याब्सन बुद्धशान्तिका सचिव चेतन सुवेदी, प्याब्सन बुद्धशान्तिका कोषाध्यक्ष सुर्यमान सुब्बा , ह्याप्पीलेण्ड बोर्डिङका संस्थापक बुद्धिकान्त अधिकारी लगायत अभिभावक , विद्यार्थी शुभचिन्तक हरुको उल्लेख्य उपस्थितिमा शिक्षक मोहन सुवेदीले संचालन गरेको चकार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठले बताउनुभएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *