हेटौंडा। हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।
बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको प्रहरीको भनाइ छ ।
एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो ।



















