कचनकवल। कचनकवलमा एक जना मृत फेला परेका छन्।
कचनकवल गाउँपालिका ३ दुर्गाभिट्टमा कचनकवल ७ का अन्दाजी ३५ वर्षीय हरि तामाङ मृत फेला परेका हुन्।
सोमबार बिहान १ बजे बिरालो मार्न भनी घरबाट खुकुरी बोकेर निस्किएका तामाङ आज बिहान उनी घर नजिकैको धानबारीमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटना बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थल सिल गरी अनुसन्धान थालेको थियो।
तामाङ SBI इटाभट्टामा ट्याक्टर चालकका रुपमा कार्यरत रहेको स्थानीयले बताएका छन्। केही महिनादेखि उनको मानसिक अवस्थासमेत ठिक नरहेको स्थानीयले बताए।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















