Search
Close this search box.
Search
Close this search box.

बिर्ता आयुर्वेद पाँचौ बर्षमा प्रवेश

तीर्थ तिम्सिना, बिर्तामोड – झापा बिर्तामोड -४ मा रहेको बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर चौथो बर्ष पूरा गरि पाँचौ बर्षमा प्रवेश गरेको छ ।

झापाकै नमूनाका रुपमा सेवा दिदै आएको आयुर्बेद सेन्टरले झापाका भिभिन्न स्थानमा भिन्न भिन्न समय पारेर निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ ।

EPIC

आयुर्बेदिक पद्धतिबाट बिरामीको पुरानो खोकी, पिनास, पाइल्स सुगर छाती दुख्ने रोग, फिसर,फिस्टुला, हाडजोर्नी,नशा तथा प्यारालाइसिसका समस्याको जाँच तथा परामर्श सेवा प्रदान गरिरहेको सेन्टरकी प्रबन्ध निर्देशक नर्बदा भट्टराईले बताएकी छिन् । उनले आगामी दिनमा अझै उच्चस्तरीय प्रबिधिको प्रयोग गर्दै सेवा विस्तार गर्ने बताइन् ।

यसका अतिरिक्त ओपिडी सेवा ,फिजियोथेरापी ,इलेक्ट्रोथेरापी,कपिङ्गथेरापी ,अकुपन्चर ,मसाज थेरापी ,स्टिम बाथ ,आयुर्वेदिक औषधि जस्ता विधि समेत सेवा दिइरहेको छ ।

झापा, इलाम, पाचथर, ताप्लेजुङ, इटहरि, उर्लाबारी देखि लिएर भारतका विभिन्न ठाँउबाट उपचारका लागि आउने गरेको सन्चालक योगेश श्रेष्ठले बताएका छन् ।

आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर चौथो बर्ष पूरा गरि पाँचौ बर्षमा प्रबेश गरेकोमा सोमबार आफ्नै कार्यलयमा एक कार्यक्रमका बिच केक काट्दै सम्पूर्णलाई धन्यवाद प्रकट गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *