झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ।
बिहीबार बिहान करिब ३ः३० बजे फक्ताङलुङ टोल निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूमाथि हात्तीले आक्रमण गरेको हो। शौचालय जान घरबाहिर निस्किएका लिम्बूमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको स्थानीयहरूले जनाएका छन्।