झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । चार वटा हात्ती मध्यरात बस्ती छिरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए ।
हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।
बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताए ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।



















