केचना — झापाको कचनकवलस्थित बोर्डर आउट पोष्ट (बीओपी) केचनाका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक विष्णु प्रसाद दाहाललाई विदाई गरिएको छ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल १ नं. बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा गरिएको हो। आज बीओपी कार्यालयमा एक कार्यक्रम आयोजना गरी दाहाललाई विदाई गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
दाहालको कार्यकालमा सीमामा हुने गैरकानुनी गतिविधि रोकथाम तथा स्थानीय समुदायसँगको समन्वय प्रभावकारी बनेको सहभागीहरूले बताए। सोही अवसरमा बीओपी केचनाका नयाँ प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न आएका सागर राईलाई स्वागत गरिएको छ।
उनी यसअघि छिन्नमस्ता २ नं. बाहिनी, महोत्तरीमा कार्यरत थिए। कार्यक्रममा कचनकवल-४ का वडा अध्यक्ष नुरजजमा मियाँ, वडा सदस्य सन्तोष गणेश, जग्गादाता रघुनन्द गणेश, स्थानीय समाजसेवी जयनारायण यादवलगायतको उपस्थिति रहेको थियो।